15th Chitwan Elephant Festival 2018
info@chitwanelephantfestival.org | +977-56580063

प्रेस विज्ञप्ती

आदरणीय पत्रकार मित्रहरु,
‘समाज, संरक्षण र सम्वृद्वि’भन्ने मूल नाराका साथ यो वर्ष चितवन हात्ती महोत्सवको १4औं संस्करण आगामी डिसेम्बर २६ देखि ३० तारिखसम्म अर्थात यही २०७4 साल पौष ११ देखि १५ गतेसम्म आयोजना गर्न लागिएको जानकारी गराउँदछौं ।
आन्तरिक तथा बाह्य पर्यटन प्रर्बद्धन गर्दै लोप हुँदै गएको हात्तीको संरक्षण, वन्यजन्तु संरक्षणमा सामूहिक प्रयास र समाजमा चेतना अभिवृद्धिका लागि महोत्सव हुँदै आएको छ।हात्ती महोत्सवले स्वदेश मात्रै होइन अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रमा समेत विशिष्टिकृत महत्व राख्छ।यही महोत्सवका कारण मुलुकको पर्यटन प्रवर्द्धनमा समेत सहयोगी भूमिका खेलेको हाम्रो ठम्यार्इ छ।हात्ति महोत्सवको १4औं संस्करणसम्म आउँदा हामीले यसलार्इ धेरै परिस्कृत र परिमार्जित समेत गरेका छौं।विश्वव्यापी रुपमा जनावरप्रति हेर्ने दृष्ट्रीकोणमा आएको परिवर्तन अनुसार समयाअनुकुल परिमार्जन गरेका छौं।हामी हात्ति र चितवन राष्ट्रिय निकुञ्जमा रहेको बन्यजन्तुबाट पर्यटन क्षेत्रमा आश्रित भएकोले पनि बढी सचेत छौं।हाम्रो प्रमुख दायित्व वन्यजन्तुको संरक्षण हो र जीवनपर्यन्त यसलार्इ हामी कायम राख्नेछौं।
यही विषयलार्इ मनन गरेर दुई वर्षदेखि हामीले एउटा नितान्तनौलो कार्यक्रमको सुरुवातको रुपमा‘हात्ती पिकनिक’कार्यक्रमको आयोजना गरेका थियौं । यो कार्यक्रम उत्कृष्ट भएको दर्शकबाट प्रतिक्रिया आएकाले थप भव्य बनाउँदै पिकनिकलाई निरन्तरता यस पटक पनि दिएका छौं।यस वर्षबाट हात्ती महोत्सवमा हामीले विश्वप्रख्यात हात्तीपोलोलाई पनि संस्थागत गर्ने प्रयास गर्दैछौं ।
स्थापनाकालदेखि आयोजना हुँदै आएको हात्ती दौड प्रतियोगितालाई गएको दुई बर्षदेखि परिमार्जित गर्दै ‘ईलाफेन्ट फास्ट वाक’को रुपमा परिष्कृत गरिएको कुरा यहाँहरुलाई विदितै छ । यसलाई अझ हात्ती मैत्री बनाउनको लागि यस वर्ष देखि लस्काईको दुरी कमगर्दै १२० मिटर मात्र कायम गरिने कुरा जानकारी गराउन चाहान्छौं ।
परिमार्जित कार्यक्रमअनुसार नै डुंगा, गाडाका विभिन्न गतिविधि एवं हात्तीका छावाहरुविचको रोमाञ्चकारी फुटवल समेत आकर्षणको रुपमा रहने छन् ।
यस्तै हात्ती सुन्दरी प्रतियोगितासँगै राष्ट्रिय तथा स्थानिय कलाकारहरुबाट दैनिक साँस्कृतिक कार्यक्रम समेत आयोजना हुने छन् ।वन्यजन्तुको संरक्षणले प्रत्यक्ष रुपमापर्यटन विकासमा टेवा पु¥याउदै आएको यहाँहरुलाई जानकारी गराउन चाहन्छौं।
महोत्सवका अवसरमा भइरहेको पत्रकार सम्मेलनमा चितवनको पर्यटन क्षेत्रमा केही आशाहरु पलाएका छन्।हामीले केही महिना अघि गरेको पत्रकार सम्मेलनमा निराशाको मात्रै कुरा गरेका थियौं।भूकम्प,बाढीजस्ता प्राकृतिक विपत्ति एकातर्फ थियो भने अर्कोतर्फ लामो समयसम्म चितवनको लाइफलाइनको रुपमा रहेको नारायणगढ मुग्लिन सडकखण्डको दुराअवस्था।यो नकारात्मक अवस्थाका बारेमा हाम्रो भनार्इलार्इ तपार्इ पत्रकार साथीहरुले बुलन्द रुपमा आवाज उठाइदिनुभयो जसको फलस्वरुप केही सुधारहरु भए।पोखरा चितवन हवार्इ उडान र मेघौलीमा नेपाल वायु सेवा निगमले उडान थालेर एयर कनेक्टिभिटी जोडियो।नारायणगढ मुग्लिन सडक खण्ड कालोपत्रे हुन थालेको छ।यो पूर्वाधारका हिसाबले महत्वपूर्ण काम भए।यो वाहेक मुलुकमा शान्तिपूर्ण सफल रुपमा प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचन भयो।यसले अन्तर्राष्ट्रिय जगतमा सकारात्मक सन्देश प्रवाह भएको छ।यो आशाका बीचमा हामीले हात्ति महोत्सव गर्दैछौ।खुशीको संचारसहित गर्न लागेको यो महोत्सबको विगतमा जस्तै तपार्इँहरुको साथ र सहयोग रहनेमा हामी विश्वस्त छौं।

महोत्सव बारे जानकारी
महोत्सव हुने मिति ः–
२०७4 पौष ११,१२,१३,१४ र १५ गते (तद्नुसार २६ देखि ३० डिसेम्बर 2017) सम्म

महोत्सवहुने स्थान ः–
बाघमारा मध्यवर्ती सामुदायिकवनको चांैर,सौराहा ( नेपाल दुर सञ्चारको टावर नजिक )

महोत्सवको विशेष आकर्षणहरु ः–
हात्तीवनभोज कार्यक्रम
हात्तीपोलो
हात्तीश्रृंगार
हात्ती फास्ट वाक प्रतियोगिता
हात्तीको छावाहरुको रोचक फुटबल प्रतियोगिता
हात्ती सुन्दरी प्रतियोगिता
साथै
राष्ट्रिय तथा स्थानिय कलाकारहरुको विविध सांस्कृतिक कार्यक्रम
सञ्चार माध्यमलाई व्यवस्था
यस वर्ष हाम्रो कार्यक्रम स्थलमा निःशुल्क वाईफाईको व्यवस्था गरिएको छ ।
समाचार सम्प्रेषण गर्न हामीले कार्यक्रम स्थलमा मिडिया सेन्टर स्थापना गर्ने छौं ।
आयोजक
क्षेत्रीय होटल संघ नेपाल चितवन

सह–आयोजकहरु
रत्ननगर नगरपालिका
मृगकुञ्ज उपभोक्ता समिति
बाघमारा मध्यवर्ती सामुदायिक वन
चित्रसेन मध्यवर्ती सामुदायिक वन
युनाईटेड हात्ती संचालन सहकारी संस्थालि.
रेष्टुरण्ट एण्ड बार एसोसियशन सौराहा ( रेवान )
सौराहा बचत तथा ऋण सहकारी संस्थालि.
सौराहा पर्यटन व्यवसाय समुह

प्रवद्र्धक ः–
नेपाल पर्यटन बोर्ड

 

म्ुाख्यप्रायोजक ः– टुवोर्ग
सह– प्रायोजकहरु ः– रोयल ट्रेजर हिवस्की,युनाईटेड बेभरेज
हात्तीपोलो टाईटल स्पोन्सर ः– Air Altitude Pvt. Ltd

Comment are off
15th Chitwan Elephant festival is going to be held on Dec 26 – 30, 2018 at Sauraha Chitwan. The events such as Elephant Calf Football, Elephant Polo, Elephant Picnic are organised in this festival.
Continue Reading

Elephant Festival 2017

14th Chitwan Elephant festival is going to be held on Dec 26 – 30, 2017 at Sauraha Chitwan. The events such as Elephant Calf Football, Elephant Polo, Elephant Picnic are organised in this festival.
Continue Reading